काठमाडौं । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैँ धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म नौ जना भाग्यशाली उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् ।
दशैँको उत्साह, युवाको जोस र आकर्षक पुरस्कारलाई जोडेर सञ्चालन गरिएको अभियानमा देशका विभिन्न स्थानका उपभोक्ता विजेता बनेका हुन् ।
अभियानअन्तर्गत सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् । बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल हात पारेका छन्। त्यस्तै, बुटवलका नरबहादुर फौगाडले स्कुटर र धनगढीका मोहन श्रेष्ठले मोटरसाइकल जितेका छन् ।
पछिल्लो चरणमा सार्वजनिक भएका विजेतामध्ये जनकपुरका कौटिल्य कुमार सिंह र बिर्तामोडका तेजनारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् । धरानका मनोजकुमार अधिकारी र वीरगञ्जका रमेश बस्नेत यामाहा रे जेडआर स्कुटरका विजेता बनेका छन् ।
यस अभियानअन्तर्गत कुल १८ वटा यामाहा एफजेड एफआई मोटरसाइकल, १८ वटा यामाहा रे जेडआर स्कुटर र एक जना महाविजेतालाई बम्पर पुरस्कारस्वरूप प्रोटोन कार प्रदान गरिनेछ । यसरी कुल ३७ वटा सवारीसाधन पुरस्कारमा राखिएका छन् । हालसम्म नौ जना विजेता सार्वजनिक भइसकेकाले अब २८ वटा सवारीसाधनका विजेता घोषणा हुन बाँकी छन् । देशका विभिन्न सहरमा फैलिएको यस अभियानले उपभोक्तामाझ उत्साह थपेको कम्पनीले जनाएको छ ।









