काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र विश्व खाद्य कार्यक्रमका नेपाल प्रतिनिधि तथा देशीय निर्देशक रियाज लोधीबीच भेटवार्ता भएको छ ।
शुक्रबार, परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग लोधीले शिष्टाचार भेट गरेका हुन् ।
भेटका क्रममा नेपाल र विश्व खाद्य कार्यक्रमबीचको सहकार्य तथा आगामी दिनमा आपसी सम्बन्ध र सहयोगलाई थप विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।









