• २०८३ कार्तिक १२ बिहीबार

काठमाडौँ गोर्खाजले टस जित्यो, जनकपुरले पहिला बलिङ गर्दै

काठमाडौँ गोर्खाजले टस जित्यो, जनकपुरले पहिला बलिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज आमने सामने हुदैछन् ।

यस खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ र पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै जनकपुर बोल्ट्सले पहिला बलिङ गर्ने भएको छ । 

जारी प्रतियोगितामा जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग हार बेहोरेको छ भने काठमाडौँले आफ्नो पहिलो खेल खेल्दैछ । 

त्यसैगरी आज साँझ ५ बजेदेखि शुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स भिड्दैछन् ।  कर्णाली याक्सले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेर विजयी शुरुवात गरेको छ भने विराटनगर किंग्सले पहिलो खेलमा चितवन राइनोजसँग हार बेहोरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै