काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडको दक्षिणी क्षेत्रमा बुधबार दुई तीव्रगतिको रेल ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६४ पुगेको छ । स्पेनको कास्टिला–ला मन्चा क्षेत्रीय सरकारले रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको पुष्टि गरेको हो ।
स्पेनको सार्वजनिक प्रसारण संस्था आरटीभीईका अनुसार उर्दा नजिकै निजी रेल कम्पनी इर्योको रेलका दुई डिब्बा लिकबाट खसेर रेलमार्गको भिरबाट तल खसेका थिए । अर्को रेल सरकारी स्वामित्वको रेन्फे कम्पनीको रहेको थियो ।
दुर्घटनापछि म्याड्रिड र दक्षिणी अन्डालुसिया क्षेत्रबीच दुवैतर्फको रेल सेवा स्थगित गरिएको रेल पूर्वाधार सञ्चालक एडिफले जनाएको छ ।









