• २०८३ कार्तिक १० मंगलबार

कर्णाली याक्सले जनकपुरलाई दियो १३३ रनको लक्ष्य

कर्णाली याक्सले जनकपुरलाई दियो १३३ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको कर्णाली याक्सले २० ओभरमा ९ विकेट गुमाउदै १३२ रन बनाएको हो ।

कर्णालीका लागि अरिफुल इस्लामले सर्बाधिक ४३ रन बनाए भने पवन सराफले ३७, दीपक धामीले १३ र गुलशन झाले १२ रन बनाएका थिए ।

त्यसैगरी जनकपुर बोल्ट्सका बलर हरमित सिंहले ३ विकेट लिए भने मोइन अली र राहुल यादवले २-२ तथा ललित राजबंशीले एक विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै