• २०८३ कार्तिक १० मंगलबार

मलेसिया पठाइदिने भन्दै ९ लाख ठगी गर्ने दुई जना पक्राउ

मलेसिया पठाइदिने भन्दै ९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका–६ घर भई काठमाडौंको नागार्जुन नगरपालिका–१० बस्ने ४४ वर्षीय सञ्जय सुवेदी र चितवनको राप्ती नगरपालिका–१ घर भएकी ३४ वर्षीया मधुमालती स्याङ्ताङ रहेका छन्।

प्रहरीका अनुसार सञ्जयले एक जना पीडितबाट ७ लाख रुपैयाँ र मधुमालतीले अर्का एक जना पीडितबाट २ लाख रुपैयाँ लिएका थिए । मलेसिया पठाइदिने भन्दै रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै पीडितले उजुरी दिएका थिए ।

उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौं महानगरपालिका–१४ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै