काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै दुबई पठाइदिन्छु भनेर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–८ बस्ने महोत्तरीको बलवा नगरपालिका–९ का ४० वर्षीय अंसगर नदाफ रहेका छन् ।
नदाफले दुबई पठाइदिने भन्दै दुई जना पीडितबाट ३ लाख १२ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–८ बाट पक्राउ गरेको हो।
पक्राउ परेका नदाफलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।









