• २०८३ कार्तिक ११ मंगलबार

एनपीएलमा आज दुई खेल हुदै

एनपीएलमा आज दुई खेल हुदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज दुई खेल हुदैछन् ।

आज पहिलो खेल अपराहन्न साढे १२ बजे बिराटनगर किंग्स र चितवन राइनोजबीच हुने छ भने दोस्रो खेल साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुने तालिका छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सबाट वेस्ट इन्डिजका अलराउण्डर आन्द्रे रसेलले आजको खेल खेल्ने छन् भने कुशल मल्लको कप्तानीमा रहेको चितवनबाट रवि भोपारालगायतका खेलाडी खेल्दैछन् ।

त्यस्तै अमेरिकन क्रिकेटर हरमित सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्समा मोइन अलीलगायतका खेलाडी छन् भने सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्समा मार्क वाट, डेभिड मिलरलगायतका खेलाडी अनुबन्ध भएका छन् ।

यसअघि सोमबार सम्पन्न उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै