• २०८३ कार्तिक १० सोमबार

वर्षौंको संघर्ष, मेहनत र समर्पणले नेपाली क्रिकेट यहाँसम्म आयो- गगन थापा

वर्षौंको संघर्ष, मेहनत र समर्पणले नेपाली क्रिकेट यहाँसम्म आयो- गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्षौंको संघर्ष, मेहनत र समर्पणका कारण नेपाली क्रिकेट अहिलेको अवस्थामा आइपुगेको बताएका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा शुभकामना सन्देश दिँदै थापाले खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

उनले सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच नेपाली क्रिकेटलाई यहाँसम्म पुर्‍याउन खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीहरूले गरेको योगदानको स्मरण गरेका छन् । नेपाली क्रिकेटको वर्तमान अवस्थासम्म आइपुग्न उनीहरूको निरन्तर संघर्ष, मेहनत र समर्पण महत्त्वपूर्ण रहेको थापाको भनाइ छ ।

उनले भनेका छन्- 'नेपाली क्रिकेट आज जुन स्थानमा आइपुगेको छ, त्यसका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको छ। सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच पनि नेपाली क्रिकेटलाई यहाँसम्म पुर्‍याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक र क्रिकेटप्रेमीहरूलाई यस अवसरमा सम्झँदै, नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै