• २०८३ कार्तिक ९ आइतबार

मस्कले स्वीकारे युक्रेनमा स्टारलिङ्क प्रयोगमा लगाएको प्रतिबन्ध, हाल सेवा सुचारु

मस्कले स्वीकारे युक्रेनमा स्टारलिङ्क प्रयोगमा लगाएको प्रतिबन्ध, हाल सेवा सुचारु

काठमाडौँ । टेस्ला र स्पेसएक्सका प्रमुख एलन मस्कले युक्रेनमा स्टारलिङ्क इन्टरनेट सेवाको प्रयोगमा प्रतिबन्ध लगाइएको बताएका छन् । उनले युक्रेनले सेवाका सर्त उल्लङ्घन गर्दै सैन्य गतिविधिका लागि स्टारलिङ्क प्रयोग गरेको आरोप लगाएका छन् ।

मस्कले अमेरिकी सैन्य प्रयोजनको स्याटेलाइट सञ्जाल ‘स्टारसिल्ड’ मा आएको समस्याका लागि आफू जिम्मेवार नभएको पनि स्पष्ट पारेका छन् । उनका पछिल्ला दाबीबारे युक्रेनले आधिकारिक प्रतिक्रिया दिएको छैन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार सेर्ही बेस्क्रेस्नोभले भने मस्कको भनाइलाई ‘निकै अनौठो’ बताएका छन् ।

यसअघि मस्कले आफूले जानाजानी युक्रेनको इन्टरनेट गति घटाएको भन्ने आरोप अस्वीकार गरेका थिए । युक्रेनका अनुसार इन्टरनेट सेवामा आएको समस्याले एक साताभन्दा बढी समयसम्म सैन्य रक्षात्मक गतिविधि सञ्चालन गर्न कठिनाइ भएको थियो ।

स्टारलिङ्क र स्टारसिल्ड सेवाको गति सामान्य भएपछि राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत अमेरिकालाई धन्यवाद दिएका थिए । उनले अग्रपङ्क्तिमा तैनाथ सैनिकको रसद व्यवस्थापन तथा जेट इन्जिनयुक्त ‘शाहेद’ ड्रोन आक्रमणविरुद्धको रक्षाका लागि यी सेवा महत्त्वपूर्ण रहेको बताएका थिए ।

यो विवाद गत साता अमेरिकी र युक्रेनी पक्षबीच रुसी तेल पूर्वाधारमाथि युक्रेनले गरेका आक्रमणका विषयमा तनाव बढिरहेका बेला सार्वजनिक भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै