• २०८३ कार्तिक ८ शनिबार

भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कात्तिक १७ र १८ गते सञ्चालन हुने

भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण  कात्तिक १७ र १८ गते सञ्चालन हुने

काठमाडौँ । राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रमको पहिलो चरण कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । 

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहतको परिवार कल्याण महाशाखाका अनुसार दसैं बिदाका कारण पूर्वनिर्धारित मितिमा कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएपछि भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कात्तिक १७ र १८ गते सञ्चालन गर्ने तयारी गरिएको छ । कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने महाशाखाले जनाएको छ ।

स्वास्थ्य संस्थाले तोकेको वितरण केन्द्रमा लगेर आफ्ना बालबालिकालाई निर्धारित मितिमा औषधि खुवाउन अभिभावकलाई महाशाखाले आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै