• २०८३ कार्तिक ६ बिहीबार

एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्लेअफ नेपालले आयोजना गर्ने

एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्लेअफ नेपालले आयोजना गर्ने

काठमाडौं । नेपालमा एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्लेअफ प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा विश्वकपको छनोट प्लेअफ प्रतियोगिता सञ्चालन हुने जानकारी दिएका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी ८ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको शीर्ष चारमा रहने टोली सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा प्रवेश गर्नेछन् ।

हाल नेपालसहित यूएई र क्यानडा लिग २ को अन्तिम ४ मा रहने निश्चित भइसकेको छ । त्यस्तै च्यालेन्ज लिग बी बाट इटाली र युगान्डा प्लेअफमा खेल्ने भएका छन् । अन्य टीम टिमको टुंगो लाग्न बाँकी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै