• २०८३ कार्तिक २ आइतबार

आरुघाट पुलमा बेलिब्रिज जडान अन्तिम चरणमा

आरुघाट पुलमा बेलिब्रिज जडान अन्तिम चरणमा

गोरखा । गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पक्की पुलको क्षतिग्रस्त खण्डमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ ।

बेलिब्रिज जडानको काम सम्पन्न गरी भोलिसम्म यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ । बेलिब्रिज जडानका लागि गोरखा र धादिङ दुवैतर्फ आवश्यक जग तथा अन्य निर्माण कार्य सम्पन्न भइसकेको छ ।

असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले आरुघाटस्थित पक्की पुलको गोरखातर्फको २२ मिटर खण्ड बगाएको थियो । पुलमा क्षति पुगेपछि अवरुद्ध यातायात पुनः सञ्चालनमा ल्याउन बाढीले क्षति पुर्‍याएकै स्थानमा बेलिब्रिज जडान गर्न लागिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै