काठमाडौँ । क्यानडाले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिजको खेलमा नेपाललाई २५७ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको क्यानडाले ५० ओभरमा अल आउट हुदै २५६ रन बनाएको हो ।
क्यानडाका लागि युवराज समराले १०५ रनको सतकीय पारी खेलेका थिए । त्यस्तै एरोन जोन्सनले ३६, हर्ष ठाकुरले ३४ र कप्तान हम्जा तारिकले ३० रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर ललित राजबंशीले ४ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २ तथा रोहित पौडेलले एक विकेट लिएका थिए ।









