• २०८३ असोज ३० शुक्रबार

ककरोच पार्टीका अध्यक्ष दिपके प्रहरी नियन्त्रणमा

ककरोच पार्टीका अध्यक्ष दिपके प्रहरी नियन्त्रणमा

काठमाडौँ । भारतको ककरोच जनता पार्टी (सिजेपी) का अध्यक्ष अभिजित दिपके पक्राउ परेका छन् ।

दिल्लीको सेन्ट्रल पार्कमा शुक्रबार प्रदर्शन गर्नुअघि सीजेपीका संस्थापक अभिजित दिपकेलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

त्यस्तै भारतको दिल्ली प्रहरीले अखिल भारतीय विद्यार्थी संघकी अध्यक्ष नेहा बोरालाई पनि प्रदर्शन सुरु हुनुअघि नियन्त्रणमा लिएको बताइएको छ । दिल्लीस्थित मण्डी हाउसबाट जुलुसको नेतृत्व गर्ने तयारीमा रहेकी बोरालाई प्रहरीले मार्च सुरु हुनुअघि नै नियन्त्रणमा लिएको बताइएको छ । 

यसअघि प्रहरीले सूचना जारी गर्दै सेन्ट्रल पार्क क्षेत्रमा भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ लागू गरिएको घोषणा गरेको थियो ।

सिजेपी नेताहरु आशुतोष रांका र सौरव दासलाई भने यसअघि नै नियन्त्रणमा लिएर अदालतले पाँच दिनको न्यायिक हिरासतमा पठाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै