काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवरले छुट्टाछुट्टै बिदाइ भेट गरेका छन् ।
भेटका क्रममा सार्कको महत्त्व र क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। जलवायु परिवर्तन तथा विपद् प्रतिकार्यलगायतका क्षेत्रमा क्षेत्रीय सहयोग विस्तार गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।
परराष्ट्रमन्त्री खनाल र परराष्ट्र सचिव राईले आफ्नो कार्यकालमा सार्क महासचिवका रूपमा पुर्याएको योगदानका लागि सरवरलाई धन्यवाद दिएका छन् ।









