• २०८३ असोज ३० शुक्रबार

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता

काठमाडौँ । जापानको मौसम विज्ञान निकायले ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी जारी गरेपछि देशभर त्रास फैलिएको छ ।

होक्काइदोदेखि तोकाई क्षेत्रसम्म शक्तिशाली भूकम्पको धक्का महसुस हुन सक्ने चेतावनी दिइएको थियो । तर, करिब १२ मिनेटपछि उक्त चेतावनी फिर्ता लिइएको छ ।

जापानको मौसम विज्ञान निकायले भूकम्पको तीव्रता आवश्यकताभन्दा बढी अनुमान गर्दा गलत चेतावनी जारी भएको स्वीकार गर्दै माफी मागेको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

जापानको भूकम्प पूर्वचेतावनी प्रणालीले जमिनमा जडित संवेदकबाट प्राप्त प्रारम्भिक तथ्याङ्कका आधारमा भूकम्पको तीव्रता र सम्भावित प्रभावको अनुमान गर्छ । प्रारम्भिक तथ्याङ्क अपूर्ण हुँदा अनुमान गलत हुन सक्ने भए पनि यसपटकको त्रुटिलाई गम्भीर मानिएको छ । अहिलेसम्म ९.९ म्याग्निच्युडको भूकम्प अभिलेख गरिएको छैन ।

प्रारम्भिक तथ्याङ्क अपूर्ण हुनु, भूकम्प निगरानी केन्द्रबाट टाढा उत्पन्न हुनु वा एकै समयमा आसपासका क्षेत्रमा धेरै भूकम्प आउनुले अनुमानमा असर पार्न सक्छ । तर, यस घटनामा संवेदक वा सफ्टवेयरमा समस्या आएको पुष्टि भएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै