काठमाडौँ । बडादसैँका कारण बञ्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइट तीन दिन बन्द हुने भएको छ ।
काठमाडौँ महानगरले जारी गरेको सूचनाअनुसार २०८३ कात्तिक १, ३ र ४ गते ल्यान्डफिल साइट पूर्ण रूपमा बन्द रहनेछ । ती दिनबाहेक अन्य दिनमा भने फोहोर विसर्जनको काम नियमित सञ्चालन हुनेछ ।
ल्यान्डफिल साइट बन्द रहने अवधिमा फोहोर व्यवस्थापनमा समस्या आउन सक्ने भएकाले काठमाडौँ महानगरपालिकासहित उपत्यकाका सबै बासिन्दालाई घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोर सडक, चोक, सार्वजनिक स्थल, नदीकिनार र खुला ठाउँमा नफाल्न आग्रह गरिएको छ । त्यस्तै, कुहिने र नकुहिने फोहोर घरमै छुट्याएर राख्न तथा चाडपर्वका बेला घरआँगन, टोल र सार्वजनिक स्थल सफा राख्न पनि अनुरोध गरिएको छ ।
वातावरणीय स्वच्छता कायम राख्दै फोहोर व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन उपत्यकावासीको सहयोग आवश्यक रहेको महानगरले जनाएको छ ।









