सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१ बाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल तथा गोलीसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बागमती नगरपालिका–१ निवासी ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन् । उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
प्रहरीले थापाको साथबाट ‘मेड इन युएसए’ लेखिएको एउटा पेस्तोल, नाम नखुलेको अर्को पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोली बरामद गरेको छ ।
पक्राउ परेका थापालाई बरामद गरिएका हातहतियार तथा गोलीसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









