• २०८३ असोज २९ बिहीबार

जलवायु परिवर्तनको क्षतिबारे राष्ट्रिय सभा समितिमा छलफल हुँदै

जलवायु परिवर्तनको क्षतिबारे राष्ट्रिय सभा समितिमा छलफल हुँदै

काठमाडौँ । जलवायु परिवर्तनका कारण नेपालमा हालै पुगेको गम्भीर क्षति र आगामी अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नेपालको कूटनीतिक पहलका विषयमा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा छलफल हुने भएको छ ।

समितिको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको भवन नम्बर २ को दोस्रो तलामा बस्नेछ ।

बैठकमा विश्वव्यापी जलवायु परिवर्तनको प्रभावले नेपालमा पारेको क्षति, निकट भविष्यमा हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन तथा अन्तर्राष्ट्रिय कूटनीतिक प्रवर्द्धनका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

समितिले बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषलाई आमन्त्रण गरेको जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै