• २०८३ असोज २८ बुधबार

एमसीसीअन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण तीव्र, सीमासम्मको प्रसारण लाइन सम्पन्न

एमसीसीअन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण तीव्र, सीमासम्मको प्रसारण लाइन सम्पन्न

काठमाडौँ । एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण आयोजनाको ४०० केभी न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अघि बढिरहेको छ ।

सबस्टेसनमा ग्यास इन्सुलेटेड स्विचगियर तथा नियन्त्रण भवन, ट्रान्सफर्मर जडानस्थलका जग, ग्यान्ट्री र अन्य उपकरण जडानस्थलका जग निर्माण भइरहेको छ ।

निर्माण सम्पन्न भएपछि न्यू बुटवल सबस्टेसन ४०० केभी बुटवल–गोरखपुर प्रसारण लाइनको अन्तिम बिन्दुका रूपमा रहनेछ । यसले नेपालको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ बनाउनुका साथै भरपर्दो विद्युत् आपूर्तिमा सहयोग पुर्‍याउनेछ ।

यस आयोजनाले भारतसँग विद्युत् व्यापार गर्ने नेपालको क्षमता पनि बढाउने अपेक्षा गरिएको छ । आयोजनाअन्तर्गत न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै