• २०८३ असोज २७ मंगलबार

गृहमन्त्री गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता

गृहमन्त्री गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले भारतका केन्द्रीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् ।

नयाँदिल्लीमा आयोजित बिम्स्टेकका गृहमन्त्रीहरूको पहिलो बैठकका क्रममा भएको भेटमा द्विपक्षीय सुरक्षा सहकार्य सुदृढ गर्ने, सीमा व्यवस्थापनमा समन्वय बढाउने, अन्तरदेशीय अपराध नियन्त्रण गर्ने तथा विपद् पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

भेटमा गृहमन्त्री गुरुङले नेपालमा हालै आएको बाढीपहिरोपछि भारतले समयमै उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका छन् । उनले सार्वभौम समानता, पारस्परिक सम्मान र विश्वासका आधारमा दुवै देशका जनताको हित हुने व्यावहारिक सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै