• २०८३ असोज २४ शनिबार

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ । भारतीय युट्युबर ध्रुव राठीलाई दिल्ली प्रहरीले शनिबार बिहान गुरुग्रामस्थित निवासबाट नियन्त्रणमा लिएको छ ।

उनी जंतरमन्तरमा प्रस्तावित ककरोच जनता पार्टी (सिजेपी) को प्रदर्शनमा सहभागी हुन आएका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले गुरुग्रामको सेक्टर–५५ क्षेत्रमा रहेको उनको निवासबाट बिहान करिब ६ बजे नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा लिन अपराध शाखाका तीन टोली परिचालन गरिएको बताइएको छ ।

प्रहरी टोलीले राठीलाई अपराध शाखाको कार्यालयमा लगेर करिब एक घण्टा सोधपुछ गरेको थियो । त्यसपछि दिल्ली प्रहरीसँग समन्वय गरी उनलाई तीनवटा गाडीमा राखेर दिल्ली लगिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रहरी टोली रातिदेखि नै उनको घरबाहिर तैनाथ रहेको बताइएको छ । सिजेपी प्रदर्शनलाई ध्यानमा राख्दै प्रहरीले सुरक्षा कडा पारेको थियो । दिल्ली प्रहरीले प्रदर्श आव्हान गरेका ककरोच जनता पार्टीका प्रमुख अभिजित दिप्केसहित अन्य नेताहरुलाई पनि हिरासतमा लिएको बताइएको छ । प्रदर्शनलाई ध्यानमा राखेर दिल्लीमा सबै मेट्रो र रेल सेवा बन्द गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै