• २०८३ असोज २३ शुक्रबार

बालिकालाई जबरजस्ती करणीको आरोपमा रूपन्देहीबाट २५ वर्षीय युवक पक्राउ

बालिकालाई जबरजस्ती करणीको आरोपमा रूपन्देहीबाट २५ वर्षीय युवक पक्राउ

रूपन्देही । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा रूपन्देहीको सियारी गाउँपालिकाका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सियारी गाउँपालिका–६ बस्ने २५ वर्षीय चन्द्रबहादुर थारू रहेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

थारूले बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै