• २०८३ असोज २१ बुधबार

नेपाल–रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न

नेपाल–रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न

काठमाडौं । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श बैठक काठमाडौंमा सम्पन्न भएको छ ।

नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा भएको बैठकमा दुई देशबीचको समग्र सम्बन्धको समीक्षा गरिएको थियो ।

बैठकमा शिक्षा, मानव संसाधन विकास, संस्कृति, पर्यटन, जलवायु परिवर्तन, व्यापार तथा लगानीलगायतका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

बैठकमा रुसी सेनामा रहेका नेपाली नागरिक, सम्पर्कविहीन नेपाली, युक्रेनमा युद्धबन्दीका रूपमा रहेका नेपाली नागरिक तथा क्षतिपूर्ति सम्बन्धी विषयमा पनि छलफल भएको थियो । क्षेत्रीय तथा बहुपक्षीय चासोका विषयमा समेत विचार आदानप्रदान गरिएको थियो ।

बैठकको सहअध्यक्षता नेपालका परराष्ट्र सचिव अमृतबहादुर राय र रुसी उपविदेशमन्त्री आन्द्रे रुडेन्कोले गरेका थिए । नेपाल र रुसी विदेश मन्त्रालयबीच द्विपक्षीय परामर्शसम्बन्धी समझदारीपत्र सन् १९९५ सेप्टेम्बर ५ मा हस्ताक्षर भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै