• २०८३ असोज २१ बुधबार

तेक्वान्दो खेलाडी वैभवी सापकोटा नगद पुरस्कारसहित सम्मानित

तेक्वान्दो खेलाडी वैभवी सापकोटा नगद पुरस्कारसहित सम्मानित

काठमाडौँ ।तेक्वान्दो खेलाडी वैभवी सापकोटालाई सूर्यविनायक नगरपालिकाको खेलकुद विकास समितिले नगद पुरस्कारसहित सम्मान गरेको छ ।

नगरपालिका सभा हलमा आज आयोजित एक कार्यक्रमका बीच वैभवीलाई अन्तर्राष्ट्रिय खेलमा पदक विजेता खेलाडीका रुपमा सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख तथा नगरपालिका नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापालगायत वडा अध्यक्षहरु र अन्य विशिष्ठ महानुभावहरुको उपस्थिति रहेको थियो ।

वैभवीले २०८३ को भदौमा चीनमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो आमन्त्रण प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्णसहित दुई पदक जितेकी थिइन् । त्यसैगरी थाइल्यान्ड तथा भारतको सिक्किम, दिल्ली र कालिम्पोङमा भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि वैभवीले स्वर्ण पदक जितेकी थिइन् ।

यसैबीच, वैभवी आगामी शुक्रबार विशेष प्रशिक्षणका लागि थाइल्यान्ड प्रस्थान गर्दै छिन् । थाइल्यान्डमा रहँदा वैभवीले त्यहाँको प्रतिष्ठित प्रतियोगिता "१४औं रोयल प्रिन्सेस कप" तेक्वान्दो च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने छिन् । अक्टोबर २४ मा बैंककमा हुने सो प्रतियोगितामा वैभवीले क्योरुगी र पुम्से दुई विधामा प्रतिष्पर्धा गर्ने छिन् ।

हालै सम्पन्न प्रथम लायन काठमाडौं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा वैभवीले स्वर्णसहित दुई पदक हासिल गरेकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै