• २०८३ असोज २१ बुधबार

देशलाई युक्रेन बनाउने दिशातर्फ डोर्‍याउन खोजियो- आङ्देम्बे

देशलाई युक्रेन बनाउने दिशातर्फ डोर्‍याउन खोजियो- आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले अल्गोरिदमबाट सत्तामा आएकाहरूले नेपाललाई युक्रेन बनाउने दिशातर्फ डोर्‍याउन खोजेको आरोप लगाएका छन् ।

कांग्रेस महाधिवेशनको बन्द सत्रको समापन कार्यक्रममा सम्बोधन गर्दै आङ्देम्बेले बहुमतको नाममा अल्गोरिदमबाट सत्तामा आएकाहरूले देशलाई गलत दिशातर्फ लैजाने प्रयास गरिरहेको बताएका हुन् ।

उनले भने- 'आज देशमा बहुमतको नाममा अल्गोरिदमले सत्तामा आएकाहरूले युक्रेन बनाउने दिशामा लगिरहेका छन् । अब यही हलले यही नेतृत्वप्रति भरोसा गरेर जानुपर्छ। देश यहीँबाट बन्ने छ ।'

आङ्देम्बेले कांग्रेसको १५औँ महाधिवेशनलाई अहिलेसम्मकै ऐतिहासिक महाधिवेशन भएको बताउदै यसपटकको बन्द सत्रमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले महाधिवेशन आफूलाई नौलो लागेको बताए । उनले विगतका बन्दसत्रमा कहिल्यै नीति, सिद्धान्त र भावी कार्यदिशाका बारेमा छलफल भएको नदेखेको बताउदै आफ्नो लागि पनि कांग्रेसको नौलो महाधिवेशन भएको बताए ।

आङ्देम्बेले कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको दाबि गर्दै विगतमा कांग्रेसलाई ‘बूढोहरूको पार्टी’ भन्ने गरिए पनि अहिले १८ वर्षका युवादेखि सबै उमेर समूहका मानिस पार्टीमा जोडिएको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै