• २०८३ असोज २१ बुधबार

भारतद्वारा वेस्ट इन्डिजमाथि ८ विकेटको शानदार जित

भारतद्वारा वेस्ट इन्डिजमाथि ८ विकेटको शानदार जित

काठमाडौं । भारतले वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा ८ विकेटको शानदार जित हात पारेको छ ।

लखनउस्थित एकाना क्रिकेट रंगशालामा वेस्ट इन्डिजले दिएको १७२ रनको लक्ष्य भारतले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन बनाएको थियो । कप्तान साई होपले ५२ र शेरफेन रदरफोर्डले ५६ रन बनाए । भारतका लागि डेभ्यु खेल खेलेका नमन धीरले ३ विकेट लिए भने अक्षर पटेल र कुलदीप यादवले २–२ विकेट लिए ।

जवाफी ब्याटिङमा भारतका कप्तान श्रेयस अय्यरले आक्रामक शतक बनाए । उनले ४३ बलमा १०२ रन बनाए । इशान किशनले ३७ रनको योगदान दिए । अय्यरको उत्कृष्ट ब्याटिङसँगै भारतले ३२ बल बाँकी छँदै लक्ष्य पूरा गर्‍यो । यस जितसँगै भारतले पाँच खेलको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो टी–२० खेल अक्टोबर ९ मा राँचीमा हुनेछ । त्यसपछि तेस्रो खेल अक्टोबर ११ मा इन्दौर, चौथो अक्टोबर १४ मा हैदराबाद र पाँचौँ खेल अक्टोबर १७ मा बेंग्लुरुमा हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै