Skip This
  • २०८३ असोज २० मंगलबार

समावेशीतर्फको उपसभापति पदमा विनोद चौधरीको उम्मेदवारी दर्ता

समावेशीतर्फको उपसभापति पदमा विनोद चौधरीको उम्मेदवारी दर्ता

काठमाडौँ । विनोद चौधरीले नेपाली कांग्रेसको समावेशीतर्फको उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

चौधरीले उम्मेदवारी दर्ता गराउदै परम्पराको सम्मान गर्दै परिवर्तनको संकल्पका साथ नेपाली कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ सोच र नयाँ दिशातर्फ अघि बढाउन मिलेर अगाडि बढ्ने बताएका छन् । त्यस्तै समावेशी उपसभापतिमा जीवन परियारले पनि मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेता सुरेन्द्रराज पाण्डे, प्रवक्ता देवराज चालिसे र डा. मिनेन्द्र रिजालले खुलातर्फ उपसभापति पदमा मनोनयन दर्ता गराएका छन् ।   

काँग्रेसले यस पटक वरिष्ठ उपसभापतिसहित पाँच उपसभापतिको व्यस्था गरेको छ । जसमा महिला र समावेशीलाई एक एक उपसभापति आरक्षण गरिएको छ भने खुलातर्फ २ उपसभापति र एक वरिष्ठ उपसभापति राखिएको छ । त्यस्तै महिलातर्फको उपसभापतिमा पुष्पा भुसालले उम्मेदवारी दर्ता गरेकी छन् । 

काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज साँझ ६ बजेसम्म उम्मेदवारी दर्ता हुने भएको छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै