• २०८३ असोज १८ आइतबार

जबरजस्ती करणी गरेको अभियोगमा फिदिमका युवक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा फिदिमका युवक पक्राउ

इलाम । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पाँचथर फिदिम नगरपालिका–१४ नाङ्रुप्पाका २४ वर्षीय दिपक राईलाई पक्राउ गरेको छ ।

राईलाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकालाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरी चौकी फिक्कलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै