• २०८३ असोज १७ शनिबार

श्रीलंकाले जित्यो एसियाली खेलकुदको क्रिकेटमा कास्य

श्रीलंकाले जित्यो एसियाली खेलकुदको क्रिकेटमा कास्य

काठमाडौँ । श्रीलंकाले एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा कांस्य पदक जितेको छ । शनिबार जापानको निसिनस्थित कोरोगी खेलकुद पार्कमा भएको कांस्य पदकको खेलमा श्रीलंकाले बंगलादेशलाई ६३ रनले पराजित गर्दै कास्य पदक जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको थियो । १६६ रनको लक्ष्य पछ्याएको बंगलादेशको सुरुवात भने निकै खराब रह्यो । उसका सुरुवाती तीन ब्याटर शून्य रनमै आउट भएका थिए । बंगलादेशले ४ रनमै तीन विकेट गुमाएको थियो । त्यसपछि पनि टोलीले लगातार विकेट गुमाउँदै १७.३ ओभरमा १०२ रनमै अलआउट भयो । 

त्यस्तै एशियाली खेलकुद अन्तर्गत आज फाइनलमा भारत र पाकिस्तान आमने सामने हुदैछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै