काठमाडौं । डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त भएका छन् ।
नवनियुक्त अध्यक्ष पाण्डेले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
नवनियुक्त अध्यक्षले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन आवश्यक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।









