• २०८३ असोज १६ शुक्रबार

ओपनएआईका तीन कर्मचारी बर्खास्त

ओपनएआईका तीन कर्मचारी बर्खास्त

काठमाडौँ । ओपनएआईले संवेदनशील सूचना व्यवस्थापनमा कम्पनीको नीति उल्लङ्घन गरेको आरोपमा तीन जना अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ ।

कम्पनीका अनुसार उनीहरूले तोकिएको प्रक्रियाबाहिर गएर संवेदनशील सूचना व्यवस्थापन गरेका थिए । बर्खास्त गरिएका तीनमध्ये कम्तीमा दुई जना कृत्रिम बुद्धिमत्ता सुरक्षासम्बन्धी अनुसन्धानमा संलग्न थिए । ओपनएआईले उनीहरूलाई कृत्रिम बुद्धिमत्ताको सुरक्षाबारे चिन्ता उठाएका कारण नभई संवेदनशील सूचना पहुँच र व्यवस्थापनमा लापरबाही गरेको आरोपमा कारबाही गरिएको जनाएको छ ।

पछिल्ला केही सातामा कृत्रिम बुद्धिमत्ताको सुरक्षा र यसबाट मानव समाजमा पर्न सक्ने जोखिमबारे बहस तीव्र भइरहेका बेला ओपनएआईको यो निर्णय सार्वजनिक भएको हो । प्रविधिमा थप सुरक्षा व्यवस्था र नियन्त्रण आवश्यक रहेको भन्दै केही अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका उच्च अधिकारीहरूले आवाज उठाउँदै आएका छन् । कम्पनीले बर्खास्त गरिएका कर्मचारीको नाम सार्वजनिक गरेको छैन । तर तीमध्ये कम्तीमा दुई जना ओपनएआईमा कृत्रिम बुद्धिमत्ता सुरक्षासम्बन्धी अनुसन्धानमा संलग्न रहेको जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै