• २०८३ असोज १३ मंगलबार

चोलेन्द्रलाई पक्राउ गरिएको होइन- मन्त्री पोखरेल

चोलेन्द्रलाई पक्राउ गरिएको होइन- मन्त्री पोखरेल

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको दाबि गरेका छन् ।

मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गर्नेक्रममा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई पक्राउ गरेको नभई सुरक्षा दिएको दाबि गरेका हुन् ।

उनले भने- 'स्पष्ट भइनैसकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन । उहाँको आफ्नो परिवारबाट नै थप सुरक्षा मागेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु भएको छ । उहाँको सुरक्षामा प्रश्न आएपछि उहाँलाई सुरक्षा प्रदान गर्नका लागि रेस्क्यु गरेर लागिएको हो । नियन्त्रणमा लागेको, गिरफ्तार गरेको होइन ।'

मन्त्री पोखरेलले थ्रेट आएको भएर सुरक्षित स्थानमा लागिएको बताए । उनले जेनजीबाट थ्रेट नआएको बताउदै अज्ञात समुहबाट मोबाइलमा सन्देस पठाएर थ्रेट दिएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै