• २०८३ असोज १३ मंगलबार

कपिलवस्तुमा यात्रु बसमा ढुङ्गा खसेर घाईते चारको उद्धार

कपिलवस्तुमा यात्रु बसमा ढुङ्गा खसेर घाईते चारको उद्धार

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित चोरखोलामा गएराती यात्रुबाहक बसमा सडक माथिबाट ढुङ्गा खसेर घाइते ४ जनाको उद्धार गरिएको छ ।

चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३७७० नम्बरको बसमा अचानक सडक माथिबाट ढुङ्गा खस्दा बसमा सवार ३० जना मध्ये ४ जना सिटले च्यापिएर घाईते भएका थिए ।

घटना पछि सशस्त्र प्रहरी बल, नेपालको नम्बर २९ ज्वालामाई गण दाङबाट सशस्त्र प्रहरी नायव उपरीक्षक बाबुराम थापाको कमाण्डमा खटिएको टोलीले सिटले च्यापिएको अवस्थाबाट ४ जनाको उद्धार गरेको हो ।

उद्वार गरिएकाहरुमा बर्दिया जिल्लाको गोरुवा गाउँपालिका–२ बस्ने ३७ बर्षिय द्ववारीका प्रसाद थारु र ३५ बर्षिय सुरेश लाल थारु, चितवन जिल्लाको भरतपुर उपमहानगरपालिका–११ बस्ने २० बर्षिया सलिना सुनार र कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–१० बस्ने ४० बर्षिया भगवती कँडेल रहेका छन् । उद्धार गरिएकाहरुलाई सशस्त्र प्रहरीले उपचारको लागि दाङस्थित भालुवाङ्ग अस्पताल पुर्याएको छ, भने घाईतेहरुको अवस्था भने सामान्य रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै