Skip This
  • २०८३ असोज १२ सोमबार

छहरामा ठूलो ढुंगासहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

छहरामा ठूलो ढुंगासहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ । पृथ्वी राजमार्ग फेरी अवरुद्ध भएको छ । सोमबार बिहान पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित छहरामा फेरि ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको हो ।

ढुंगासहितको पहिरो खसेपछि राजमार्गको आवागमन प्रभावित भएको छ । सडकमा खसेको पहिरो पन्छाउने तथा यातायात सञ्चालन गराउने काम भइरहेको नागढुंगा-नौबिसे-मुग्लिन सडक योजनाले जानकारी दिएको छ ।

पहिरो पन्छाएर सडक खुलाउन केहि घण्टा लाग्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै