Skip This
  • २०८३ असोज १२ सोमबार

अवरुद्ध बीपी राजमार्ग खुलाउन समय लाग्ने

अवरुद्ध बीपी राजमार्ग खुलाउन समय लाग्ने

काभ्रे । पहिरो तथा सडक कटानका कारण अवरुद्ध बीपी राजमार्ग खुलाउन विभिन्न स्थानमा काम भइरहेको छ ।

चौकीडाँडा, घुमाउने, डालाबेशी, माम्ती, गिम्दीबेशी, पिप्लेलगायतका स्थानमा डोजरको सहायताले सडकमा खसेको पहिरो पन्छाउने तथा नयाँ बाटो खोल्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्ने भएकाले बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रुलाई सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

थप जानकारी तथा सहयोगका लागि १००, १०३ र १२३४ नम्बरमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै