Skip This
  • २०८३ असोज १२ सोमबार

कोहली र गिलको शतकमा वेस्ट इन्डिजमाथि भारत ८ विकेटले विजयी

कोहली र गिलको शतकमा वेस्ट इन्डिजमाथि भारत ८ विकेटले विजयी

काठमाडौँ । भारतले वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा ८ विकेटको शानदार जित हात पारेको छ ।

आइतबार राति सम्पन्न खेलमा वेस्ट इन्डिजले दिएको २९६ रनको लक्ष्य भारतले ४१.४ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । जितसँगै भारतले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

भारतको जितमा विराट कोहलीले उत्कृष्ट ब्याटिङ गर्दै अविजित १३९ रन बनाए । उनले ८८ बलमा १३९ रनको पारी खेले। शुभमन गिलले पनि १०८ बलमा ११० रन बनाए । कोहली र गिलको उत्कृष्ट साझेदारीपछि भारतले सहज रूपमा लक्ष्य पूरा गरेको थियो ।

यसअघि टस जितेर भारतले पहिले बलिङ गर्ने निर्णय गरेको थियो । वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९५ रन बनाएको थियो ।

वेस्ट इन्डिजका जस्टिन ग्रिभ्सले शतकीय पारी खेल्दै १०८ बलमा १०१ रन बनाए । जोन क्याम्पबेलले ६० बलमा ६२ रन बनाए । यी दुईले पहिलो विकेटका लागि १३५ रनको साझेदारी गर्दै वेस्ट इन्डिजलाई राम्रो सुरुवात दिलाएका थिए ।

भारतका कुलदीप यादवले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ४० रन दिएर ४ विकेट लिए। प्रसिद्ध कृष्णाले दुई विकेट लिए । कुलदीपको उत्कृष्ट बलिङका कारण वेस्ट इन्डिजलाई ३०० रनको आँकडा पार गर्नबाट रोकिएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका कुलदीपलाई ‘खेलको उत्कृष्ट खेलाडी’ घोषित गरिएको छ ।

भारत र वेस्ट इन्डिजबीचको दोस्रो एकदिवसीय खेल सेप्टेम्बर ३० मा गुवाहाटीमा हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै