• २०८३ असोज ११ आइतबार

शारदा नदीमा पानीको बहाव बढ्यो, बनबसामा आवागमन बन्द

शारदा नदीमा पानीको बहाव बढ्यो, बनबसामा आवागमन बन्द

कञ्चनपुर । पहाडी क्षेत्रमा अत्यधिक वर्षा भइरहेका कारण शारदा नदीको जलस्तर लगातार बढेको छ । वर्षाका कारण नदीमा पानीको बहाव बढ्दै गएपछि भारतको बनबसा ब्यारेजबाट हुने आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।

आज बिहान ८ बजे शारदा नदीमा रहेको बनबसा ब्यारेजमा पानीको बहाव १ लाख ४० हजार क्युसेकभन्दा बढी पुगेको जनाइएको छ।

बनबसा ब्यारेजमा पानीको बहाव १ लाख क्युसेकभन्दा बढी पुगेपछि ब्यारेजको सुरक्षालाई ध्यानमा राख्दै त्यहाँबाट हुने आवागमन पूर्ण रूपमा बन्द गर्ने गरिएको छ । हाल ब्यारेजबाट आवागमन पूर्ण रूपमा बन्द रहेको जनाइएको छ ।

सम्बन्धित निकायले अत्यावश्यक कामबाहेक बनबसा ब्यारेजबाट आवागमन नगर्न आग्रह गरेको छ। साथै, सम्भावित समस्या र जोखिमबाट बच्न सावधानी अपनाउन अनुरोध गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै