धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीर र गजुरी गाउँपालिका-५ को बाङगेमोडमा पहिरो हटाएर रोकिएका सवारी साधान गतव्यतर्फ पठाइएको छ ।
नागढुङ्गा-नौबिसे-मुग्लिन सडक आयोजना पूर्वी खण्डका अनुसार कृष्णभीर र बाङगेमोडमा खसेको पहिरो हटाएर रोकिएका सवारी साधन पठाइएको हो ।
परेवाभीरमा खसेको पहिरो हटाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ भने अन्य केही स्थानमा खसेका पहिरोसमेत हटाइसकिएको छ । लगातारको बर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको छ भने प्रशासनले पृथ्वी राजमार्गसहितका विभिन्न सडकखण्ड रातिमा बन्द गरेका छन् ।









