• २०८३ असोज १० शनिबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, ७१ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, ७१ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ७१ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने मधेश, सुदूरपश्चिम प्रदेश र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ७१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १० जना घाइते भएका छन् भने कोशीमा १७ जना, काठमाडौँ उपत्यकामा ६ जना, सुदूरपश्चिममा ६ जना, बागमतीमा १ जना घाइते भएका छन् भने लुम्बिनीमा १६ जना, कर्णालीमा ९ र गण्डकीमा ६ जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै