• २०८३ असोज १० शनिबार

जापानसँगको खेल रद्ध भएपछि नेपाल समुह विजेता हुदै क्वाटरफाइनलमा, श्रीलंकासँग खेल्ने

जापानसँगको खेल रद्ध भएपछि नेपाल समुह विजेता हुदै क्वाटरफाइनलमा, श्रीलंकासँग खेल्ने

काठमाडौँ । नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

जापानसँगको खेल बर्षाले रद्ध भएपछि नेपाल प्रारम्भिक चरणको समुह ए मा शिर्ष स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको हो ।

बर्षाका कारण १५ ओभरमा खेलाइएको यो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको थियो । त्यसपछि दोस्रो इनिंग हुन नसकेपछि खेल रद्ध गरिएको थियो । खेल रद्ध भएपछि नेपाल र जापानले एक एक अंक बाँडेका थिए ।

जस अनुसार समुह ए मा नेपाल ३ शिर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको छ भने अफगानिस्तान २ अंकसहित दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै एक अंक रहेको जापान भने प्रतियोगिताबाट बाहिरिएको छ ।

अब नेपालले क्वाटरफाइनलमा श्रीलंकाको सामना गर्ने छ भने अफगानिस्तानले भारतको सामना गर्ने छ । क्वाटरफाइनलमा भारत र अफगानिस्तान आगामी सोमबार खेल्ने छन भने नेपालले श्रीलंकाको सामना मंगलबार बिहान ५:४५ बजे गर्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै