काठमाडौँ । एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज अफगानिस्तानको सामना गर्दैछ ।
यो खेल आज नेपाली समय अनुसार बिहना १०: ४५ बजेदेखि जापानको निसिनस्थित कोरोगी खेलकुद पार्कमा हुदैछ ।
पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग परेको छ । यस समुहको पहिलो खेलमा अफगानिस्तानले जापानलाई पराजित गरेको छ । अफगानिस्तानको एशियाली खेलकुदमा मुख्य टिम भने सहभागी भएको छैन । नेपालले दोस्रो खेल सेप्टेम्बर २६ मा जापानसँग खेल्ने तालिका छ । त्यस्तै समूह ‘बी’ मा हङकङ चीन, मलेसिया र ओमान रहेका छन् ।
समूह चरणपबाट चार देश क्वाटरफाइनलमा जाने छन् भने क्वार्टरफाइनलका खेल सेप्टेम्बर २८ र २९ मा हुनेछन् । पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशले क्वार्टरफाइनलबाट प्रतियोगिता सुरु गर्नेछन् । सेमिफाइनल अक्टोबर १ तथा कांस्य पदकको खेल र फाइनल अक्टोबर ३ मा हुने तालिका छ ।
प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टिम चयन गरिएको हो । टिममा दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, शेर मल्ल, सन्दीप जोरा, कुशल मल्ल र लोकेश बम रहेका छन् ।
सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ भारतले स्वर्ण पदक जितेको थियो । पाकिस्तानलाई हराउँदै बंगलादेशले कांस्य पदक जितेको थियो । महिला क्रिकेटमा भारतले स्वर्ण, श्रीलंकाले रजत र बंगलादेशले कांस्य पदक जितेका थिए ।




2026-09-24-06-53-13_1000x667_50.webp)




