• २०८३ असोज ८ बिहीबार

कांग्रेसको १५औं महधिवेशनको नारा र लोगो सार्वजनिक

कांग्रेसको १५औं महधिवेशनको नारा र लोगो सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५ औं महधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ । विहिबार सामाजिक सञ्जालमार्फत् काँग्रेसले महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको हो ।

'नेपाली कांग्रेसको १५ औँ महाधिवेशन- परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प' भन्ने नारा तय गरिएको छ ।

त्यस्तै १५औं महाधिवेशनको लोगोमा पार्टीका यसअघिका सभापतिहरुलाई स्थान दिइएको छ । जसमा बिपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मको तस्बिर राखिएको छ।

काँग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत हाल नगर अधिवेशन जारी रहेको छ भने त्यसपछि जिल्ला र प्रदेश हुदै यहि असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा महाधिवेशन हुने कार्यतालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै