• २०८३ असोज ८ बिहीबार

एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानको विजयी सुरुवात, जापान ४८ रनले पराजित

एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानको विजयी सुरुवात, जापान ४८ रनले पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको समूह ‘ए’ को पहिलो खेलमा अफगानिस्तानले आयोजक जापानलाई ४८ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

निसिनस्थित कोरोगी खेलकुद पार्कमा भएको खेलमा अफगानिस्तानले दिएको १३० रनको लक्ष्य पछाएको जापानले १९.३ ओभरमा अल आउट हुदै ८१ रन मात्र बनाएको थियो । यसअघि अफगानिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो । 

जापानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। अफगानिस्तानले सुरुवातमा केही संयमित ब्याटिङ गरे पनि मोहम्मद अक्रम र करिम जनातको महत्वपूर्ण योगदानमा सम्मानजनक योगफल खडा गरेको थियो ।

यससँगै अफगानिस्तानले समूह ‘ए’ मा महत्वपूर्ण २ अंक जोडेको छ । समूहमा अफगानिस्तान, नेपाल र जापान रहेका छन् । अफगानिस्तानले अब अर्को खेलमा शुक्रबार नेपालसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै