काठमाडौं । आज संघीय संसदमा दुवै सदनको बैठक बस्दैछ । आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री सोबिता गौतमले 'नि: शुल्क कानुनी सहायता सम्बन्धि विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आजको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले 'फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
त्यसैगरी आज राष्ट्रिय सभाको बैठक अपराहन्न १: १५ बजेदेखि शुरु हुदैछ । आजको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।
त्यस्तै, बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।
त्यसैगरी आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने र विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले 'विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन' सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।







2026-09-23-10-12-46_1000x667_50.webp)

