• २०८३ असोज ७ बुधबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, १३२ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, १३२ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा सुदूरपश्चिम, कोशी र बागमती प्रदेसमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १३२ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने कोशीमा ४२ जना, काठमाडौँ उपत्यकामा १२  जना, सुदूरपश्चिममा ६ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा २५   जना, कर्णालीमा ७  र गण्डकीमा ६ जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै