• २०८३ असोज ६ मंगलबार

चलचित्र ‘द राइज अफ साम्राज्य' को छायांकन सुरु

चलचित्र ‘द राइज अफ साम्राज्य' को छायांकन सुरु

काठमाडौं । निर्देशक सौरभ चौधरीको चलचित्र ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु भएको छ । मंगलबार विराटनगरमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन थालिएको हो ।

महत्वाकांक्षी एक्सन चलचित्रका रूपमा निर्माण भइरहेको यस चलचित्रको छायांकन ७० दिनमा सक्ने लक्ष्य राखिएको छ । चलचित्रको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिनेछ ।

चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली, सुशील श्रेष्ठ र अमरप्रताप श्रेष्ठ प्रमुख भूमिकामा छन् । सौगातले २५ वर्षको जवानदेखि ८० वर्षको वृद्धसम्मको भूमिका निर्वाह गर्ने निर्देशक चौधरीले बताएका छन् ।

चलचित्रमा सौरभले पहिलोपटक दयाहाङ राईसँग सहकार्य गरेका छन् भने सौगात मल्ल र विजय बरालसँग पुनः सहकार्य गरेका हुन् । सुशील श्रेष्ठसँग करिब ६ वर्षपछि पुनर्मिलन भएको छ । अमरप्रताप श्रेष्ठले भने यही चलचित्रका लागि करिब साढे दुई वर्षदेखि प्रशिक्षण लिँदै आएका थिए ।

बुद्धिसागरले कथा तथा पटकथा लेखेको चलचित्र डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुँदैछ । प्रवेश चौधरी र निला देव निर्माता रहेको चलचित्रमा विश्वास बस्नेत सहनिर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै