काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको मिक्स डबल्समा नेपालका रुविन महर्जन र इभाना थापाको जोडीले विजयी सुरुवात गरेको छ ।
मंगलबार सम्पन्न खेलमा नेपाली जोडीले पाकिस्तानका मुहम्मद खान र कस्लुम खानको जोडीलाई ११–६, ११–८ र ११–४ को सोझो सेटमा पराजित गरेको हो ।
यससँगै रुविन र इभानाको जोडीले प्रतियोगिताको अर्को चरणमा स्थान बनाएको छ । अर्को चरणमा उनीहरुले बुधबार हङकङका यिउ क्वान तो र ङ विङ लामसँग खेल्ने छन् ।









