काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाका चार अधिकृतलाई पदोन्नतिपछि दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
भदौ ३१ गते उपरथीमा पदोन्नति भएका सहायक रथी सोबेन्द्र सिंह महत र प्रकाश थापालाई मंगलबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
यस्तै, सहायक रथीमा पदोन्नति भएका महासेनानी मदन जङ्ग राणा र प्राविधिक महासेनानी भरतलाल श्रेष्ठलाई पनि सोही अवसरमा दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत तथा पदोन्नति भएका अधिकृतका परिवारजनको उपस्थिति रहेको नेपाली सेनाले जानकारी दिएको छ ।









